बाढीपीडितका लागि कांग्रेस इलामले संकलन गरयो ३ लाख ७१ हजार रुपैयाँ

गणेश घिमिरे
भदौ १८, इलाम 
गत भदौ १० गते बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित परिवारको राहत, पुनःस्थापना र व्यवस्थापनका लागि नेपाली कांग्रेस इलामले सञ्चालन गरेको राहत संकलन अभियानबाट ३ लाख ७१ हजार रुपैयाँ संकलन भएको छ । नेपाली कांग्रेसको केन्द्रीय समितिको निर्देशन अनुसार कांग्रेस इलामले गत भदौ १२ गतेदेखि राहत संकलन अभियान सुरु गरेको थियो । बाढी तथा पहिरोका कारण रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा ठूलो जनधनको क्षति भएपछि प्रभावित नागरिकलाई सहयोग पु¥याउने उद्देश्यले अभियान सञ्चालन गरिएको कांग्रेस इलामले जनाएको छ । राहत संकलन अभियानलाई व्यवस्थित बनाउन पार्टी कोषाध्यक्ष होम बस्नेतको संयोजकत्वमा आर्थिक समिति गठन गरिएको थियो । समितिले पार्टीका विभिन्न तहका समिति, पदाधिकारी, कार्यकर्ता तथा शुभेच्छुकहरू मार्फत स्वेच्छिक रूपमा सहयोग संकलन गरेको पार्टीका जिल्ला सचिब निरोज खडगीले जानकारी दिनुभयो .

कांग्रेस जिल्ला कार्यसमिति इलामले पत्रकार सम्मेलन गरी अभियानबाट संकलित ३ लाख ७१ हजार रुपैंयाँ नेपाली कांग्रेस केन्द्रीय विपद् व्यवस्थापन कोषमा जम्मा गरको छ । उक्त कोषमा जम्मा भएको रकम पार्टी केन्द्रिय समितिबाट नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दाखिला हुने पार्टीका जिल्ला कार्यबाहक सभापति खगेन्द्र देवानले जानकारी दिनुभयो । विपद्को समयमा मानवीय सहयोगका लागि स्वतःस्फूर्त रूपमा साथ र सहयोग गर्ने सबैप्रति पार्टीले धन्यवाद व्यक्त गरेको छ । भदौ १० गते बिहान रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा पहिरोले आसपासका क्षेत्रमा ठूलो जनधनको क्षति पु¥याएको थियो । विपद्का कारण सयौँ परिवार प्रभावित भएपछि तत्काल राहत तथा पुनःस्थापनाका लागि विभिन्न संघसंस्था, राजनीतिक दल तथा नागरिकस्तरबाट सहयोग संकलन भइरहेको छ । कांग्रेस इलामले पनि केन्द्रको आह्वान अनुसार आफ्नो जिल्लाबाट सक्दो सहयोग जुटाएर विपद् प्रभावित परिवारसम्म राहत पु¥याउने अभियानमा सहभागिता जनाएको हो ।
 

प्रतिकृया दिनुहोस

इलाम–२ मा १२ वर्षपछि बदला लिने कांग्रेसको दाउ, सुहाङ नेम्वाङलाई आचार्यको कडा चुनौती

गणेश घिमिर माघ १५, इलाम  इलाम क्षेत्र नम्बर २ मा फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेसले घरदैलो अभियानलाई तीव्र

इलाममा ‘अन्डरडग’ दल निर्णायक बन्ने संकेत, ठूला दललाई चक्मा दिने दाउमा रास्वपा, राप्रपा र श्रम संस्कृति पार्टी

गणेश घिमिरे माघ १२, इलाम  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा इलाममा चुनावी सरगर्मी तीव्र बन्दै गएको छ । परम्परागत ठूला

निर्वाचनलाई लक्षित गर्दै देउमाईको मंगलबारेमा कांग्रेसको चुनावी भेटघाट, रणनीति र एकतामा जोड 

गणेश घिमिरे माघ ११, इलाम  आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस इलाम क्षेत्र नम्बर २ ले देउमाई नगरपालिका